जिल्ला स्तरिय एन्फा लिग फुटबलको उपाधि बिद्यार्थी उपकार संघ पात्लेले जित्यो

धादिङको गजुरी गाउँपालिका स्थित गलौंदीमा जारी जिल्ला स्तरिय एन्फा लिग फुटबल प्रतियोगिताको उपाधि विद्यार्थी उपकार संघ पात्लेले जितेको छ।आज भएको फाईनल खेलमा धुनीबेसी युवा क्लवलाई १–० गोल अन्तरले पराजित गर्दै विद्यार्थी उपकार संघ पात्लेले जिल्ला स्तरिय एन्फा लिगको उपाधि जितेको हो।विजेता क्लव विद्यार्थी उपकार संघ पात्लेले नगद १ लाख पाएको छ भने धादिङबाट प्रदेश स्तरीय प्रतियोगिताको लागि छनोट भएको छ । 

यस्तै उपविजेता बनेको धुनीबेसी युवा क्लवले नगद ५० हजार पाएको छ भने सेमिफाईनलमा पुगेका गजुरी सामुदायीक विकास समिति र धादिङ समाज धादिङले १२ हजार ५०० पाप्त गरेको आयोजकले जनाएको छ। धादिङ जिल्ला फुटबल संघ धादिङको आयोजना तथा बिभिन्न स्थानिय तहको सहयोगमा गलौंदी खेल मैदानमा भएको प्रतियोगितामा जिल्लाका ११ वटा क्लवहरु सहभागि भएका थिए ।

प्रतियोगितामा सर्वाधिक गोलकर्ता पात्लेका सुकबहादुर घलेले गोल्डन बुट जितेका छन्।उनले प्रतियोगिता भरमा ६ गोल गरेका थिए ।यस्तै उत्कृष्ट गोल किपर पनि पात्ले कै सुब्बा तामाङ,बेस्ट डिफेन्डरमा धुनीबेसी युवा क्लवका श्रीकृष्ण रेग्मी, वेष्ट स्ट्राईकर धुनीबेसी युवा क्लव कै सुजल तामाङ घोषित भए । वेष्ट मिडफिल्डर धादिङ समाज धादिङका सिन्क बहादुर तामाङ,वेष्ट प्लेअयर पात्लेबाटै सुजन खनाल र वेष्ट कोच बने पात्ले कै विकास तामाङ घोषित भएका छन् ।

एन्फा धादिङका अध्यक्ष दिपक खतिवडाको सभापतित्वमा भएको पुरस्कार वितरण कार्यक्रममा संघीय सांसद भुमि त्रिपाठीको प्रमुख आतिथ्यता रहेको थियो।कार्यक्रममाधुनीबेसी नगरपालिकाका मेयर बालकृष्ण आचार्य,गजुरी राजेन्द्र विक्रम बस्नेत, बेनीघाट रोराङका पित्तबहादुर डल्लाकोटी, बरिष्ठ उपाध्यक्ष रमेश अधिकारी, स्थानीय राजनीतिक दलका प्रतिनीधिहरु लगाएतको आतिथ्य रहेको थियो।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्