लोकतान्त्रिक समाजवादी पार्टी(लोसपा)धादिङको अध्यक्षमा तामाङ चयन

लोकतान्त्रिक समाजवादी पार्टी(लोसपा)धादिङको अध्यक्षमा नोरमान तामाङ चयन हुनुभएको छ। शनिबार धादिङबेशीमा आयोजित लोसपा धादिङको संगठन विस्तार तथा बृहत पार्टी प्रवेश कार्यक्रमले तामाङको अध्यक्षतामा ९ सदस्यीय रहने गरी जिल्ला कार्यसमिति गठन गरेको छ।कमिटीको उपाध्यक्षमा सानुकान्छा लामा तामाङ, सचिवमा रामकृष्ण परियार, कोषध्यक्षमा विश्वास बहादुर तामाङ चयन हुनुभएको छ।त्यसैगरी सदस्यहरुमा बम्पा तामाङ, लक्ष्मि सुर्खेती, पुर्णराम श्रीमल, रिता श्रीमल, सन्तोष श्रीमल  रहनुभएको छ।

No description available.

लोसपा धादिङका निर बहादुर श्रेष्ठले सञ्चालन गर्नुभएको कार्यक्रमलाई लोसपाका वरिष्ठ नेता राजेन्द्र महतो, केन्द्रिय कार्यकारिणी सदस्य लक्ष्मण लाल कर्ण लगाएतका केन्द्रिय नेताहरुले शुभकामना मन्तव्य राख्नुभएको थियो।यसैगरी संगठन विस्तार तथा बृहत पार्टी प्रवेश कार्यक्रम माओवादी, काँग्रेस र एमालेका १ सय २० जना भन्दा बढी ब्यक्तिहरु लोसपा प्रवेश गरेका छन्।नवप्रवेशीहरुलाई वरिष्ठ नेता महतो र केन्द्रिय कार्यकारिणी सदस्य कर्णले टीका र खादा लगाई सदस्यता कार्ड वितरण गर्नुभएको थियो।

No description available.

लोसपा धादिङका अध्यक्ष तामाङको सभापत्विमा भएको कार्यक्रममा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का वरिष्ठ नेता तथा उपप्रधानमन्त्री एवं शहरी विकास मन्त्री महतोको प्रमुख आतिथ्य रहेको थियो।लोसपाका केन्द्रिय कार्यकारिणी सदस्य एवम पूर्वमन्त्री तथा संसदीय सुनुवाई समितिका सभापति कर्ण, केन्द्रिय सदस्य रत्न विक्रम स्याङबो, लोसपा बागमती प्रदेशका अध्यक्ष निलकण्ठ महर्जनको बिशेष आतिथ्य रहेको कार्यक्रममा लोसपा बागमती प्रदेशका कोषध्यक्ष चन्द्रमाया श्रेष्ठ,ट्रेड युनियन महासंघका अध्यक्ष केशव अधिकारी, लोसपा सिन्धुपाल्चोकका संयोजक फुर्वा नाग्मेल लगाएतको आतिथ्य रहेको थियो।

No description available.

No description available.

No description available.

No description available.

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्