अपाङ्गता भएका व्यक्तिलाई घरमै पुगेर दिए धादिङका सिडिओले नागरिकता

धादिङका प्रमुख जिल्ला अधिकारी कृष्ण प्रसाद लम्सालले अपाङ्गता भएका एक व्यक्तिलाई घरमै पुगेर नागरिकता प्रदान गर्नुभएको छ। आज धादिङको गल्छि गाउँपालिका वडा नं १ फोसटारकी हरिमाया खतिवडालाई प्रजिअ लम्सालले घरमै पुगेर नागरिकताको प्रमाणपत्र प्रदान गर्नुभएको हो।

No description available.

शारीरिक रूपमा पूर्ण अशक्त रहेकाले ६३ वर्षीया खतिवडालाई घरमै पुगेर नागरिकता दिइएको सुदिप दुवाडीले जानकारी दिनुभयो । शारिरिक रुपमा कमजोर,हिड्न खानको लागि सहयोगी आवश्यकता पर्ने र अरुले वोलेको कुरा बुझन नसक्न खतिवडालाई कार्यालयमा ल्याउन असहज भएकाले घरमानै गइ नागरिकता वितरण गरिएको दुवाडीले बताउनुभयो । 

No description available.

सामाजिक उत्तरदायित्व अन्तरगत सेवाग्राहिको प्राथमिकतामा सेवा प्रवाह गरिने धादिङका प्रमुख जिल्ला अधिकारी लम्सालले बताउनुभयो। राज्यको सेवासुविधाबाट वञ्चित हुनु नपरोस् भन्ने उद्देश्यले कर्मचारीसहित घरमै पुगेर नागरिकता दिएको उहाँको भनाइ छ। 

वितरण कार्यक्रममा गल्छि–१ का कार्यवहाक वडा अध्यक्ष मदन खतिवडा लगाएतको उपस्थिति रहेको थियो । घर दैलोमा सेवा पाउँदा हरिमायाको संरक्षक (दाजु) विश्वनाथ खतिवडाले खुशी व्यक्त गर्नुभयो । हरिमायाले नागरिकता नभएको कारण अपाङ्गता परिचयपत्र समेत पाएकि थिइनन।अव अपाङ्गता परिचय पत्र पनि बनाईने बताईएको छ। 

No description available.

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्