कांग्रेस धादिङको जिल्ला अधिवेशनमा मतदान सकियो

धादिङ,११ मंसिर।
नेपाली काँग्रेसको १४ औँ महाधिवेशन अन्तर्गत कांग्रेस धादिङको जिल्ला अधिवेशनमा मतदान सकिएको छ।दुई हजार १९७ मतदाता रहेको जिल्लामा कुल २ हजार १५६ मत खसेको नेपाली कांग्रेस धादिङले जनाएको छ ।जिल्लाको सभापतिको निर्वाचनमा  काँग्रेस नेता भिम प्रसाद ढुंगाना र रामनाथ अधिकारी बीच प्रतिस्पर्धा भएको हो । दुवै पक्ष प्यानलनै बनाएर निर्वाचनमा होमिएको हो । 

विकास प्रेमी नेता,स्पष्ट वक्ता र निडर व्यक्तिको पहिचान बनाउन सफल ढुंगाना र लामो समय पार्टीको नेतृत्व गरिसकेका कुटिल राजनीति गर्न सिपालु अधिकारी बिच कडा प्रतिस्पर्धा देखिएको छ । भिमप्रसाद ढुङ्गाना प्यानलबाट उपसभापतिमा झम्क भट्ट, सेरबहादुर तामाङले उम्मेदवारी दिएका छन् भने रामनाथ अधिकारी प्यानलबाट दल बहादुर अधिकारी र गेहेन्द्र मल्लले उम्मेदवारी दिएका छन् ।

यस्तै ढुङ्गाना प्यानलबाट सचिवमा राजेन्द्र अधिकारी,राजु पाख्रिन छन् भने अधिकारी प्यानलबाट विकास श्रेष्ठ र रामकृष्ण पाण्डेले उम्मेदवारी दिएका छन्।सहसचिवमा ढुङ्गाना प्यानलबाट हरि खतिवडा र विजय पाख्रिन तामाङले उम्मेदवारी दिएका छन् भने अधिकारी प्यानलबाट नवराज तिमल्सिना र र क्रान्ति डल्लाकोटीले उम्मेदवारी दिएका छन् ।

विकासप्रेमी नेता,जनताले रुचाइएका नेता तथा पुस्ता हस्तान्तणको मुद्वा बोक्नुभएका ढुंगानाको नै जित हुने ढुंगाना पक्षले दावी गरेको छ। काँग्रेस एक नेताका अनुसार एउटै पक्षले १७ बर्षसम्म पार्टीको नेतृत्व लिएर पुनःपनि नेतृत्वमा आउनुखोज्दा पार्टी कमजोर हुने भन्दै अब विकल्प खाजेर नयाँलाई पार्टी सभापति बनाउनुपर्नेमा जोड दिनुभयो । 

उता क्षेत्र र प्रदेशमा  जित हासिल गरेको रामनाथ अधिकारी पक्षले पुन पनि सभपाति  जित्ने दावी  गरेको छ ।अधिवेशनबाट जिल्ला सभापतिमा १ जना, उपसभापतिमा २ जना, सचिवमा २ जना, सह–सचिवमा २ जना सहित जिल्ला सदस्य ४८ जना, केन्द्रिय महाधिवेशन प्रतिनिधि अपाङ्गतर्फ १ जना, प्रदेश अधिवेशन प्रतिनिधि अपाङ्गतर्फ १ जना गरि ५७ सदस्यिय जिल्ला कार्यसमिति र ११ महासमिति सदस्य निर्वाचित हुनेछन् । तस्विर:कृष्ण बद्रि पौडेल

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्