त्रिपुरासुन्दरी कप नाईन ए साईड फुटबल प्रतियोगिता भोलिदेखी 

धादिङको त्रिपुरासुन्दरी गाउँपालिका–६,हाँसेपसल बगरमा भोदिेखी १० औ न्यु त्रिपुरासुन्दरी कप नाईन ए साईड फुटबल प्रतियोगिता शुरु हुदैछ ।न्यू त्रिपुरासुन्दरी युबा क्लब, श्री त्रिपुरासुन्दरी माई मन्दिर संरक्षण समिति तथा त्रिपुरासुन्दरी गाउँपालिकाको संयुक्त आयोजनामा त्रिपुरासुन्दरीमाई न्वागि मेलाको विशेष अवसर पारि भोलिदेखी फुटबल प्रतियोगिता तथा बुहत सास्कृतिक कार्यक्रम हुने लागेको हो।प्रतियोगितामा सहभागिताको लागि आज सम्म टिम दर्ता गर्न सकिने छ।

प्रतियोगिताको बिजेताले नगद रु १ लाख ११ हजार १११ रूपैया र उपविजेताले ५५ हजार ५५५ रूपैया प्राप्त गर्ने आयोजकले जनाएको छ।ऐतिहासिक तथा पुरातात्विक महत्व बोकेको त्रिपुरासुन्दरी माईको मन्दिरमा लाग्ने न्वागी मेलाको अवसरमा हुन लागेको यस प्रतियोगिता भोलिबाट शुरु भई मंसिर २० गते फाईनल खेल, पुरस्कार बितरण साथै विविध सास्कृतिक कार्यक्रम सहित समापन हुने आयोजकले जनाएको छ । 

न्यु त्रिपुरासुन्दरी युवा क्लब र त्रिपुरासुन्दरी मन्दिर संरक्षण समितिको संयुक्त आयोजनामा हुने प्रतियोगिताको उद्घाटन माओवादी केन्द्र धादिङका सह–इन्चार्ज रामबहादुर भण्डारीले गर्नेछन् भने साँस्कृतिक कार्यक्रम र खेलकुदको पुरस्कार वितरण समारोहमा अर्थमन्त्री जनार्दन शर्मा (प्रभाकर) प्रमुख अतिथी रहने साथै कृष्ण कडेलको इन्द्रेणी सास्कृतिक परिवारको सास्कृतिक प्रस्तुतीहरु समेत रहने आयोजकले जनाएको छ ।

No description available.

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्