शैक्षिक सुधारको लागि बिद्यालय विकासमा सरोकारवाला बिच कार्यशाला

पिण्डेश्वरी मावि गजुरीमा बालबालिकाहरुको शैक्षिक सुधारको लागि बिद्यालय विकासमा सरोकारवालाको कार्यशाला सम्पन्न भएको छ।  विद्यालय व्यवस्थापन समिति, शिक्षक अभिभावक संघ लगायत सरकारवालाहरुको  शैक्षिक  ज्ञान,सीप तथा क्षमता अभिबृद्धिको मार्फत बालमैत्री वातावरण तयार गरि सिकाई उपलब्धि बृद्धिमा सहयोगको लागि शैक्षिक सरोकारवालाहरुको लागि संचालन गरिएको २ दिने कार्यशाला शनिबार सम्पन्न भएको हो। 

कार्यशालामा बिद्यालय सेवा क्षेत्र भित्रका बालबालिकाहरु सिकाई वातावरण सिर्जनामा सहजताको लागि विद्यालय व्यवस्थापन समिति,शिक्षक अभिभावक संघ, प्रधानाध्यापक, शिक्षक र बालक्लब पदाधिकारी  लगायत ८३ जना सरकारवालाहरुको उपस्थिति रहेको थियोे ।

No description available.

विद्यालय व्यवस्थापन समिति ,शिक्षक अभिभावक संघ,प्रधानाध्यापक, शिक्षक र बालक्लब पदाधिकारीको काम, कर्तव्य र भुमिका र उत्तरदायित्व, कक्षा कोठामा बालमैत्री सामाग्री सहयोग र बालबालिकाहरुको शैक्षिक सवालहरु,आचार संहिता,बिद्यालय आर्थिक पारदर्शिता, बाल अधिकार, बालबालिका र अभिभावकहरु बिचको सम्बन्ध मझभुत बनाउने तौरतरिका लगायतका बिषयबस्तुमा प्रयास नेपाल धादिङका कार्यकारी निर्देशक दामोदर अर्याल सहजिकरण गर्नु भएको थियो । 

No description available.

शैक्षिक विकास तथा सिकाई उपलब्धि बृद्धि र बोध सहितको शिक्षण प्रणाली प्रबर्द्धन गर्न बिद्यालय व्यवस्थापन समिति ,शिक्षक अभिभावक संघ लगायत बिद्यालयसँग सम्बन्धित सरोकारवालाहरुसँग अन्तरक्रियात्मक कार्यशालामा सहयोग गरिएको  कार्यकारी निर्देशक दामोदर  अर्यालले बताउनुभयो ।  

गजुरी गाउँपालिकाका  सबै ४५ सामुदायिक विद्यालयहरुमा बाल बिकास कार्यक्रम गजुरी गापा, प्लानेट ईनफान्ट एण्ड डेभलपमेन्टको साझेदारीमा प्रयास नेपाल धादिङले सम्बन्धित बिद्यालयसँग समन्वय र सहकार्यमा संचालन गरि कार्यशाला आयोजना भएको कार्यक्रम संयोजक सहदेव पण्डितले बताउनुभयो।   

No description available.

बिद्यालय  बालमैत्री  वातावरण सिर्जना गर्न किन जरुरी छ , सिकाईमा बालमनोभावना अनुसार सहजिकरण गर्ने तरिका, स्थानीय स्तरमा उपलब्धि बस्तुहरुलाई कसरी शैक्षिक सामाग्रीको रुपमा प्रयोग गर्ने ,बालबालिका र पारिवारिक सदस्यको सुमधुर  सम्बन्ध ,परिवारले बालबालिकालाई गर्नु पर्ने स्याहार तथा हेरचाह, अभिभावकसँग छलफल तथा सचेतना सेसन संचालन बिधि बिद्यालय व्यवस्थापन समिति ,शिक्षक अभिभावक संघ,शिक्षक,बालबालिकाहरुको काम कर्तव्य र उत्तरदायित्व र पालना गर्नु पर्ने आचार संहिता लगायतका बिषयमा  प्रयास नेपाल धादिङ कार्यकारी निर्देशकले सहजिकरण गर्नु भएको थियो। 

No description available.

कार्यशालापछि बिद्यालयको शैक्षिक सुधार लागि कार्ययोजना र बिद्यालयका शिक्षक,बिद्यार्थी ,अभिभावक लगायत सबै सरोकारवालाहरुको लागि आचार संहिता तयार गरिएको  पिण्डेश्वरी माध्यमिक बिद्यालयका प्रधानाध्यापक प्रकाश सिंहले बताउनुभयो। पिण्डेश्वरी माध्यमिक बिद्यालयका व्यवस्थापन समितिका अध्यक्ष शुभलाल चेपाङको अध्यक्षतामा भएको कार्यशाला शुक्रबारबाट शुरु भएको गजुरी ४ गैरीगाउँबाट दशरथ दुवाडीले जानकारी दिनुभयो।

No description available.

No description available.

No description available.

No description available.

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्