धादिङमा जारी त्रिपुरासुन्दरी कप फुटबलमा आज ७ टिम बिजयी,९ टिम बाहिरिए 

धादिङको त्रिपुरासुन्दरी गाउँपालिका–६ हासेपसल,बगरमा जारी फुटबल प्रतियोगिता अन्तर्गत आज ७ खेलहरु सम्पन्न भएका छन् । आज सम्पन्न खेलमा एस.वाई.सि., कटुन्जे युथ क्लब, लेजेण्ड ब्वाईज, नेपाल एसोसिएसन धादिङ, सुकौरा युवा क्लव, मिर्मिरे युवा क्लव र एस.वाई.डि.एस. बिजयी भएका छन् ।

प्रतियोगिता अन्तरगत भोली १९ गते न्यु त्रिपुरासुन्दरी युवा क्लव बि र डि.वाई.सि., त्रिपुरासुन्दरी युवा क्लब र आरुघाँट फुटबल क्लब बीच खेल हुनेछ ।त्यसैगरि भोली नै न्यु त्रिपुरासुन्दरी युवा क्लब ए र लेजेन्ड ब्वाईज, सल्यानटार सिटी युथ क्लब र नेपाल एसोसियसन धादिङ्ग र एस. वाई. सि. र सुकौरा युथ क्लब बिच खेल हुने आयोजकले जनाएको छ ।

न्यू त्रिपुरासुन्दरी युबा क्लब, श्री त्रिपुरासुन्दरी माई मन्दिर संरक्षण समिति तथा त्रिपुरासुन्दरी गाउँपालिकाको संयुक्त आयोजनामा त्रिपुरासुन्दरीमाई न्वागि मेलाको अवसरमा जारी फुटबल प्रतियोगिता तथा बृहत सास्कृतिक कार्यक्रममा जिल्लाका २२ वटा टिमहरु सहभागी भएका थिए।

प्रतियोगिताको बिजेताले नगद रु १ लाख ११ हजार १११ रूपैया र उपविजेताले ५५ हजार ५५५ रूपैया प्राप्त गर्ने आयोजकले जनाएको छ। मंसिर २० गते बृहत् साँस्कृतिक कार्यक्रम सहित प्रतियोगिताको समापन तथा पुरस्कार बितरण हुने र उक्त कार्यक्रममा अर्थमन्त्री जनार्दन शर्मा (प्रभाकर) को प्रमुख आतिथ्यतामा हुने साथै बृहत् साँस्कृतिक कार्यक्रम कृष्ण कडेलको इन्द्रेणी टिमको उपस्थितिमा हुने क्लबका अध्यक्ष दिपेन्द्र शाहले जानकारी दिनुभयो।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्