आउँदो पुस ४ गतेदेखि बालबालिकाले कोरोनाविरुद्धको खोप पाउने

आउँदो पुस ४ गतेदेखि ५७ जिल्लाका सबै बालबालिकाले कोरोनाविरुद्धको खोप लगाउन पाउने भएका छन् ।स्वास्थ्य सेवा विभागका अनुसार ५७ जिल्लाका १२ देखि १७ वर्ष उमेर समूहका सबै बालबालिकालाई खोप लगाउने गरी तयारी भइरहेको छ ।विद्यालयबाटै खोप लगाउने गरी तयारी भइरहेको विभागको खोप शाखा प्रमुख सागर दाहालले जानकारी दिनुभयो ।

यसअघि आएका समेत गरी पर्सि आइतवारसम्म मोडर्नाको ३६ लाख डोज खोप जम्मा हुने स्वास्थ्य मन्त्रालयले जनाएको छ । खोप आएलगत्तै सबै जिल्लामा पठाइने र पुस ४ गतेदेखि ५७ जिल्लाका बालबालिकालाई खोप लगाउन सुरु हुने खोप शाखा प्रमुख दाहालले जानकारी दिनुभयो।

उहाँका अनुसार यसअघि फाइजरको खोप दिइएका २० जिल्लामा भने तत्काल मोडर्ना खोप दिइने छैन ।पहिले ५७ जिल्लामा लगाएपछि २० जिल्लाका बाँकी बालबालिकालाई खोप लगाउने सरकारको तयारी छ ।यसअघि काठमाण्डौ, ललितपुर, भक्तपुर, मोरङ, सुनसरी, सप्तरी, पर्सा, झापा, धनुषा, चितवन, गोरखा, काभ्रे, कास्की, बाग्लुङ, रुपन्देही, दाङ, बाँके, सुर्खेत, कैलाली र डडेलधुरामा दीर्घ रोगीलाई लगाएर बाँकी रहेको खोप दिइएको थियो । तर त्यो खोप १२ देखि १७ वर्ष उमेरका सबै बालबालिकाले पाएका छैनन् ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्