माओवादीसंगको एकताले एमालेमा फुट आएको उपाध्यक्ष पाण्डेको भनाई

नेकपा एमालेका उपाध्यक्ष सुरेन्द्र पाण्डेले माओवादीसंगको एकताले पार्टी बिभाजन भएको बताउनुभएको छ। निर्वाचन बिधिले पार्टी फुटेको नभई माओवादी केन्द्र सँगको एकता पछि एमालेमा फुट आएको पाण्डेले बताउनुभएको हो ।शुक्रबार प्रेस चौतारी नेपाल धादिङको ९ औँ जिल्ला अधिवेशन उद्घाटन समारोहलाई सम्बोधन गर्न धादिङबेशी आईपुग्नु भएका एमालेका उपाध्यक्ष एवम पूर्व अर्थमन्त्री पाण्डेले राजनितिमा नयाँ ढङ्गको दक्षता आवश्यकता रहेको बताउनुभयो।

उहाँले एमालेको एउटै अर्जुनदृष्टी भनेको आगामी तिनै तहको चुनाव जित्ने रहेको बताउनुभयो।सत्तामा रहेका गठबन्धन दल अब धेरै समय नटिक्ने भन्दै पाण्डेले आगामी चुनावमा बहुमत ल्याउने गरी तयारीमा जुट्न नेता कार्यकर्तालाई निर्देशन दिनुभएको छ ।

उहाँले समाजवादको आधार भनेको बालकलाई शिक्षा, बिरामीलाई उपचार, बुढेसकालमा स्याहार, हेरचाह रहेको भन्दै किताब अध्ययनले मात्रै अर्थ सिद्ध गर्न नसकिने बताउनुभयो।

अहिलेको पाँच दलिय गठबन्धन राष्ट्रिय सभाको चुनाव सम्म मात्र रहेकाले राष्ट्रिय चुनाव पछि एमालेबाट छुट्टिएर गएकाहरु पनि सबै फर्किएर आउने पाण्डेले दावी गर्नुभयो ।नेकपा एमालेनै कमजोर भयो भने देशको लोक्तान्त्रिक आन्दोलन,कम्युनिष्ट आन्दोलन र नेपाली जनताले अपेक्षा गरेको सुखी नेपाली समृद्ध नेपाल नै धरासायी बन्ने भएकाले एकतावद्ध भएर चुनाव केन्द्रित हुन आग्रह गर्नुभयो ।

पत्रकारहरु पनि नयाँ प्रविधि अनुसार परिवर्तन हुँदै जानुपर्ने भन्दै प्रविधिले पत्रकार पेशा पनि संकटमा पर्ने सक्ने भएकाले पत्रकारहरुले आफ्नो ज्ञान र सिप विकासमा ध्यान दिनुपर्ने बताउनुभयो ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्