प्रेस चौतारी धादिङको अध्यक्षमा सानुबाबु तिमल्सिना चयन

प्रेस चौतारी नेपाल जिल्ला समिति धादिङको अध्यक्षमा सानुबाबु तिमल्सिना चयन हुनु भएको छ ।शुक्रबार धादिङबेशीमा सम्पन्न प्रेस चौतारी नेपालको ९ औँ जिल्ला अधिवेशनले तिमल्सिनाको अध्यक्षतामा १५ सदस्यीय जिल्ला कार्य समिति सर्वसम्मत चयन गरेको हो । समितिको उपाध्यक्षमा श्री हजुर सिलवाल(राजन),महिला उपाध्यक्षमा पवित्रा थापा मगर, सचिवमा दोलख गुरुङ, कोषाध्यक्षमा उपेन्द्र अधिकारी,सह–सचिवमा भुवन भण्डारी,अनिल नेपाली चयन हुनुभएको छ।

यसैगरी सदस्यहरुमा शसिहजुर सिलवाल,गोबिन्द सुवेदी,बिरमान तामाङ,आदेश अधिकारी,रन्जना थापा,बिनोद तमु,राजन शाह ठकुरी र नवराज लामिछाने चयन भएका छन्।यसैगरी अधिवेशनको अवसरमा प्रेस चौतारी धादिङले नेकपा एमालेको केन्द्रीय कमिटीमा नवनिर्वाचित धादिङका नेताहरुलाई सम्मान गरेको छ।एमालेको १० औं महाधिवेशनबाट उपाध्यक्षमा निर्वाचित सुरेन्द्र पाण्डेसहित ४ जनालाई सम्मान गरेको हो । सम्मानित हुनेहरुमा एमाले केन्द्रीय लेखा आयोग प्रमुख निर्वाचित पुष्प कंडेल, सदस्य मिनराज कंडेल, एमाले केन्द्रीय सदस्य खेम प्रसाद लोहनी, केन्द्रीय सदस्य जानुका सिंखडा रहेका छन् ।

May be an image of 4 people, people standing and text that says "मिति धादिडको णपाल ला अधिवेशन ७८ पौष 2 दिडबेसी"
May be an image of 3 people, people standing and text that says "माणका लागि सवल अ्रमजीवी पत्रकार. येक पत्रकारिता प्रेस चौतारी नेपालको आधार ौतारी नेपाल ला समिति धादिडको लला अधिवेशन २०७८ धादिडले"

त्यसैगरी प्रेस चौतारी नेपालका केन्द्रीय सदस्य सीताराम अधिकारी, केशव अधिकारी, गायत्री खतिवडा र रामेश्वर कार्कीलाई पनि सम्मान गरेको छ । अधिवेशनकै अवसरमा जिल्लामा क्रियाशिल ३ जना पत्रकारलाई प्रेस चौतारीले सम्मान गरेको छ । सम्मानित हुनेहरुमा सानुबाबु तिमिल्सिना, सरिता श्रेष्ठ र शंकर श्रेष्ठ रहेका छन् ।

No photo description available.

अधिवेशनमा एमाले लेखा आयोगका प्रमुख डा.पुष्प कँडेल,लेखा आयोगका सदस्य मिनराज कँडेल, प्रेस चौतारी नेपालका केन्द्रिय उपाध्यक्ष गणेश पाण्डे,एमाले केन्द्रिय सदस्य एवम जिल्ला इन्चार्ज खेम प्रसाद लोहनी,केन्द्रिय सदस्य एवम जिल्ला सहइन्चार्ज जानुका सिंखडा,एमाले धादिङका अध्यक्ष नेकपा एमाले भुमि त्रिपाठी,प्रेस चौतारी नेपालका कोषाध्यक्ष इन्द्र आचार्य लगाएतले शुभकामना मन्तव्य राख्नुभएको थियो।
प्रेस चौतारी नेपाल धादिङका अध्यक्ष सरोज पौडेलको अध्यक्षतामा सम्पन्न अधिवेशनमा नेकपा एमालेका उपाध्यक्ष एवम पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डेको प्रमुख आतिथ्य रहेको थियो।

May be an image of 9 people, people sitting and people standing

एमाले लेखा आयोगका प्रमुख डा.कँडेल,लेखा आयोगका सदस्य मिनराज कँडेल, प्रेस चौतारी नेपालका केन्द्रिय उपाध्यक्ष पाण्डेको बिशेष आतिथ्य रहेको कार्यक्रममा एमाले केन्द्रिय सदस्य एवम जिल्ला इन्चार्ज लोहनी,केन्द्रिय सदस्य एवम जिल्ला सहइन्चार्ज सिंखडा,एमाले धादिङका अध्यक्ष त्रिपाठी,प्रदेश सभा सदस्य डा. रामकुमार अधिकारी, प्रेस चौतारी नेपालका कोषाध्यक्ष इन्द्र आचार्य,बिभिन्न स्थानिय तहका प्रमुख, उपप्रमुख, प्रेस चौतारी नेपालका केन्द्रिय सदस्य तथा चौतारीका पुर्व जिल्ला अध्यक्षहरु रामेश्वर कार्की,केशव अधिकारी,सीताराम अधिकारी, गायत्री खतिवडा लगाएतको आतिथ्य रहेको थियो।

May be an image of 2 people and people sitting
May be an image of 9 people, people sitting and people standing

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्