धादिङमा नामावली संकलन जारीःहालसम्म ८ हजार २८७ जनाको नाम दर्ता

धादिङमा हालसम्म ८ हजार २८७ जनाले मतदाता नामावलीमा नाम दर्ता गराएका छन्।जिल्लामा दोस्रो चरण अन्तरगत सात वटा स्थानिय तह थाक्रेमा, त्रिपुरासुन्दरीमा, बेनिघाट रोराङमा, गल्छीमा, नेत्रावती डबजोङमा, खनियाबास गाउँपालिकामा मतदाता नामावली संकलन कार्य जारी रहेको छ।

आईतबार ६६८ जनाले मतदाता नामावलीमा नाम दर्ता गराएको धादिङका जिल्ला निर्वाचन अधिकारी सन्तोष कुमार श्रेष्ठले जानकारी दिनुभयो।यो अभियान पौष ८ गतेसम्म सञ्चालन हुने छ।पहिलो चरण अन्तरगत मंसिर १७ गतेदेखि २६ गतेसम्म जिल्लाको रुवीभ्याली, गंगाजमुना, सिद्धलेक, गजुरी, ज्वालामुखी गाउँपालिका र धुनिबेशी नगरपालिकामा मतदाता नामावली संकलन कार्य संचालन भएको थियो ।

पहिलो चरणमा छ वटा स्थानिय तहका ५ हजार ४०२ जनाले मतदाता नामावलीमा नाम दर्ता गराएको निर्वाचन कार्यालयले जनाएको छ।
यस्तै दर्ता गर्न छुट भएकाहरुले अनिर्वाय रुपमा सक्कल नेपाली नागरिकता सहित जिल्ला निर्वाचन कार्यालय र जिल्ला प्रशासन कार्यालय धादिङबाट समेत दर्ता गराउन सकिने उहाँले बताउनुभयो। निलकण्ठ नगरपालिकाको भने हरेक दिन जिल्ला निर्वाचन कार्यालय र जिल्ला प्रशासन कार्यालयबाट दर्ता भइरहेको छ।

१६ बर्ष उमेर पुरा भएका नेपालि नागरिकहरुको नाम मतदाता नामावलीमा दर्ता गरिन्छ ।मतदाता नामावलीमा नाम समावेश गर्न छुट भएका आम नागरिक तथा विभिन्न सरोकारवालाहरूलाई स्थानीय स्तरमै पुगी मतदाता नामावली दर्ता गराउन निर्वाचन आयोगले सबै समक्ष अनुरोध गरेको छ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्