ज्वालामुखी गाउँपालिकामा दुग्ध विकास प्रशोधन र चिज उत्पादन तालिम संचालन

धादिङ,१६ फागुन
ज्वालामुखी गाउँपालिकामा दुग्ध विकास प्रशोधन र चिज उत्पादन तालिम सुरु भएको छ । गरिबी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम अन्तर्गत वडा नं २ सातदोबाटोमा १५ दिने दुग्ध विकास प्रशोधन र चिज उत्पादन तालिम सुरु भएको हो ।

कृषिमा आम्दानी, बरोजगार व्यक्तिहरुलाई रोजगारको अवसर, कृषि व्यवसायलाई अगाडि बढाउन, आर्थिक अवस्था सुधार गर्ने उद्धेश्यले तालिमको आयोजना गरिएको तालिममा वडा नं १, २ र ३ का ८० जनाको सहभागिता रहेको छ ।

तलिममा दुधबाट बन्ने परिकारहरु, गाइ तथा भैसी पालन, स्थानीय स्तरमा बढी मात्रामा कसरी दुध उत्पादन गर्ने, दुध सम्बन्धि सामान्य ल्याब टेस्ट लगायतका विषयमा जानकारी गराइने गाउँपालिकाका उद्योम विकास सहजकर्ता सानि श्रेष्ठले बताउनुभयो ।

तालिममा राष्ट्रिय दुग्ध विकास बोर्डका किशोर सिंह र राजेन्द्र गोपाल श्रेष्ठले सहजिकरण गर्नुभएको छ ।

गाउँपालिकाका अध्यक्ष यमनाथ दनैको अध्यक्षतामा संचालन भएको कार्यक्रममा उपाध्यक्ष धर्म बहादुर अर्याल, वडा नं २ का वडा अध्यक्ष राजु लोप्पा, उद्योम विकास सहजकर्ता सानि श्रेष्ठ लगायतको सहभागिता रहेको थियो ।

ज्वालामुखी गाउँपालिकाको आयोजना तथा उद्योग वाणिज्य तथा आपुर्ति मन्त्रालयको सहयोगमा संचालन भएको तालिम फागुन २९ गते सम्म संचालन हुनेछ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्