२५६७ औं बुद्ध जयन्तीका अवसरमा धादिङबेशीमा ६२ जनाले गरे रक्तदान

धादिङ,२२ बैशाख ।
२५६७ औं बुद्ध जयन्तीको अबसरमा आयोजित खुल्ला रक्तदान कार्यक्रममा ६२ जनाले रक्तदान गरेका छन् ।

नेपाल तमू (गुरुङ) विद्यार्थी छोँज धी धादिङको आयोजना, धादिङबेशी तमु समाजको सह–आयोजना तथा लायन्स क्लब अफ काठमाडौँ वल्ड सर्कलको सहकार्यमा भएको रक्तदान कार्यक्रममा ४३ जना पुरुष र १९ जना महिला जम्मा ६२ जनाले रक्तदान गरेको नेपाल रेडक्रस सोसाइटी धादिङ शाखाका कोषाध्यक्ष नारायण कुमार श्रेष्ठले जानकारी दिनुभयो ।

नीलकण्ठ नगपालिका–३ स्थित थेग्पा छेन्पो गुम्बा तथा विहारमा बिहान ७ बजेदेखि ४ बजेसम्म भएको रक्तदान कार्यक्रममा नेपाल रेडक्रस सोसाईटी रक्त संचार सेवा केन्द्र धादिङको प्राविधिक सहयोग रहेको थियो ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्