ज्वालामुखी गाउँपालिकामा लैङ्गिक हिंसा विरुद्ध सरोकारवालाहरुसँग अन्तरक्रिया

धादिङबेशी । ज्वालामुखी गाउँपालिकामा सरोकारवालाहरुसँग अन्तरक्रिया कार्यक्रम गरिएको छ । आईतबार गाउँपालिकाले लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान र अन्तर्राष्ट्रिय मानव अधिकार दिवसको सन्दर्भमा सरोकारवालाहरुसँग अन्तरक्रिया गरेको हो ।

अन्तरक्रिया कार्यक्रममा डा। सीता ढुंगानाले सहजीकरण गर्नुभएको थियो । गाउँपालिका उपाध्यक्ष धर्म बहादुर अर्यालको अध्यक्षतामा भएको कार्यक्रममा गाउँपालिका अध्यक्ष यामनाथ दनैको प्रमुख आतिथ्यता रहेको थियो ।

कार्यक्रममा प्रमुख प्रशासकिय अधिकृत सुमन पण्डित, वडा अध्यक्षहरु, कार्यपालिका सदस्य, विद्यालयको लैङ्गिक फोकल पर्सन, जुनेली समाज संस्थाको प्रतिनिधि लगायतको उपस्थिति रहेको थियो ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्