थाक्रे गाउँपालिका स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता आजदेखि सुरु

#थाक्रे गाउँपालिका स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता आजदेखि सुरु#

धादिङबेशी । थाक्रे गाउँपालिका स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता आजबाट सुरु भएको छ । थाक्रे गाउँपालिका वडा नम्बर १० को दोभाने खेलमैदानमा प्रतियोगिता सुरु भएको छ ।

पालिस्तरीय प्रतियोगीतामा माध्यमिक तहका कक्षा ९ देखि १२ सम्मका विद्यार्थीहरुले विभिन्न विधामा भाग लिएका छन् । प्रतियोगिताको उद्घाटन समारोहमा विभिन्न विद्यालयका विद्यार्थीहरुले विभिन्न प्रस्तुति सहित मार्चपास गरेका थिए । विद्यार्थीहरुले मार्चपासमा आफ्नो विद्यालयको नाम र नेपालको राष्ट्रिय भण्डा समेत लिएका थिए ।

उद्घाटन कार्यक्रममा बोल्नु हुँदै गाउँपालिका अध्यक्ष रामकुमार आचार्यले पालिकाको गैरबको आयोजनाको रुपमा रहेको निर्माणधिन दोभाने खेलकुद मैदानका लागि विनियोजन भएको बजेटले काम भइरहेको बताउनुभयो । उहाँले प्रतियोगिताको सफलताको शुभकामना समेत दिनु भएको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्