देउरालीछापमा सम्पन्न साधारण सभामा २७ जनाले गरे रक्तदान

नीलकण्ठ नगरपालिका–६ देउरालीछाप स्थित शितलादेवी महिला विकास समितिको प्रथम बार्षिक साधारण सभाको अवसरमा खुल्ला रक्तदान कार्यक्रम सम्पन्न भएको छ।

शितलादेवी महिला विकास समितिको आयोजना तथा नेपाल रेडक्रस सोसाईटी रक्त सञ्चार सेवा केन्द्रको धादिङको प्राविधिक सहयोगमा भएको रक्तदान कार्यक्रममा ९ जना महिला र १८ जना पुरुष गरि २७ जनाले रक्तदान गर्नुभएको धादिङ रेडक्रसका उपमन्त्री नारायण कुमार श्रेष्ठले जानकारी दिनुभयो ।

धादिङमा अभियानकै रुपमा रक्तदान कार्यक्रम आयोजना गरिदै आएको छ।

जिल्लामा रगतको अभावलाई न्युनीकरण गर्नको लागी विभिन्न मेला, पर्व, उत्सव, सहकारीको बार्षिक साधारण सभा लगायतको भेला हुने कार्यक्रममा रक्तदान कार्यक्रम राखि धादिङमा रगत संकलन गरीदैँ आएको छ।चालु आर्थिक बर्षको असार मसान्तसम्म ५ हजार पिन्ट रगत सङ्कलन गर्ने लक्ष्य लिएको धादिङ रेडक्रसका उपमन्त्री श्रेष्ठले जानकारी दिनुभयो।

जिल्लामा रक्तदान गर्नेको संख्या बढ्न थालेको छ।नागरिकमा बिस्तारै चेतनाको स्तर उठ्न थालेपछि रगत दान गर्नेको संख्या बढ्दै गएको उपमन्त्री श्रेष्ठको भनाई छ।

May be an image of 3 people, people sitting and indoor
May be an image of one or more people, people sitting, people standing and outdoors
May be an image of 3 people, people sitting and outdoors

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्