धादिङ,२० साउन।
धादिङमा पछिल्लो २४ घण्टामा २३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।स्वास्थ्य कार्यालय धादिङले सार्वजनिक गरेको तथ्याङ्क अनुसार आज जिल्लाको धुनिबेशीमा ९, गंगाजमुनामा ५, त्रिपुरासुन्दरीमा ४, ज्वालामुखिमा २, नीलकण्ठ, गल्छि र गजुरिमा १/१ जना गरी जिल्लाका २३ जनामा कोरोना पोजिटिभ देखिएको छ।मंगलबार धादिङमा ३७ संक्रमित थपिएका थिए ।
यससँगै जिल्लामा संक्रमित हुनेको सङ्ख्या ८ हजार ५१४ पुगेको छ भने जिल्लाको सक्रिय केश ४५२ रहेको स्वास्थ्य कार्यालय धादिङले जनाएको छ।आज जिल्लाका ४४ संक्रमित डिस्चार्ज भएसँगै जिल्लाभर हालसम्म कोरोनामुक्त हुनेको सङ्ख्या ७ हजार ९१९ पुगेको छ।
संक्रमित मध्ये जिल्लाभित्र धादिङ अस्पतालको आइसोलेसनमा ४ जना र होम आइसोलेसनमा ४४८ जना रहेका छन्। यसैगरी जिल्लामा संक्रमणका कारण मृत्यु हुनेको संख्या ७९ पुगेको छ।
आज गजुरिमा १० स्वाब संकलन भएको छ भने जिल्लाभर ११० एन्टिजेन परिक्षण मध्ये २२ पोजिटिभ आएको छ।हाल जिल्लाका २८ जनाको पीसिआर नतिजा आउन बाँकी रहेको स्वास्थ्य कार्यालय धादिङले जनाएको छ।