प्रतिगमनका विरुद्ध अग्रगमनका पक्षमा स्रष्टाले गरे प्रदर्शन

काठमाडौं ।

स्रष्टाहरुले प्रतिगमनका विरुद्ध अग्रगमनका पक्षमा शुक्रबार काठमाडौंमा प्रदर्शन गरेका छन् ।

सबैखाले  प्रतिगमनका विरुद्ध निरन्तर अग्रगमनका पक्षमा स्रष्टा आन्दाेलन नाम दिइएकाे उक्त प्रदर्शनमा स्रष्टा तथा कलाकारहरुको उल्लेख्य उपस्थिति रहेकाे थियाे । जुलुसमा  सम्बद्ध थिएटर कलाकारहरुले  हातमा साङ्लो बाँधेर समेत प्रर्दशन गरेका थिए ।

जुलुसमा कवि कृष्णसेन इच्छुक, भूपि शेरचन लगायत कविहरूका कवितांसहरू लेखिएका प्लेकार्ड टाँसेर तथा कलाकारहरूले साङ्गो बाँधेर विरोध जनाइएको थियो । जुलुसकै क्रममा कलाकारहरूले गीत पनि गाएका थिए ।

सिर्जना यात्रा नाम दिइएको उक्त विरोध ¥याली सहिदगेट, नयाँ सडक हुँदै वसन्तपुरमा पुगेर सभामा परिणत भएको थियो ।
कार्यक्रममा स्रष्टा आन्दोलनको अपिल साहित्यकार राजन मुकारुङले वाचन गरेर सुनाएका थिए भने धनकुमारी सुनार, श्रवण मुकारुङ र निनु चापागाईले मन्तव्य राखेका थिए । कार्यक्रममा वैरागी काइँलाको शुभकामना मन्तव्यको अडियो टेप सुनाइएको थियो ।

कार्यक्रममा केही कवि र कलाकारले गीत गाएका थिए । कार्यक्रमको सञ्चालन संगीत स्रोताले गरेका थिए ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्