धादिङबेसी–साङ्कोष जोड्ने थोपलखोलामा पक्की पुल शिलान्यास

धादिङबेसी–साङ्कोष जोड्ने थोपलखोलामा पक्की पुल बन्ने भएको छ ।  नीलकण्ठ नगरपालिका–३ दिपटोल र नीलकण्ठ नगरपालिका–१२ साङ्कोष जोड्ने थोपलखोलामा निर्माण हुन लागेको पक्की पुलको आईतबार बागमती प्रदेशसभा सदस्य डा.रामकुमार अधिकारीले शिलान्यास गर्नुभएको छ । 

भौतिक पूर्वाधार मन्त्रालय यातायात पूर्वाधार निर्देशालयको ४ करोड ४२ लाख १४ हजार ९ सय ७२ रुपैयाँको लागतमा निर्माण हुने पक्की पुलको ०७८ साल कार्तिक ९ गते कार्य सम्पन्न गर्ने गरि जोशी सफल जे.भी.कम्पनीले ठेक्का सम्झौता गरेको छ । पुल निर्माण सम्पन्न भएपछि स्थानियहरुलाई आवजावतमा ठूलो राहत मिल्ने भन्दै प्रदेश सांसद अधिकारीले तोकिएको समयमै निर्माण सम्पन्न गर्न ठेकेदार कम्पनीलाई आग्रह दिनुभएको छ । 

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्