धादिङमा शनिबार १६८ संक्रमित थपिए : ३६ जना संक्रमण मुक्त

धादिङ,०८ जेठ ।
धादिङका थप १६८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा जिल्लाको निलकण्ठका ४८, धुनिबेसीका ४५, गल्छीका १, गजुरीका १९, गंगाजमुनाका १३, थाक्रेका ९ र धादिङ्ग अस्पतालमा ३३ गरी  जिल्लामा कुल १६८ पोजिटिभ केश देखिएको स्वास्थ्य कार्यालय धादिङले जनाएको छ । 

यससँगै जिल्लामा सक्रिय केश ९९० पुगेको छ । संक्रमित मध्ये ८५७ जना जिल्ला भित्र र १३३ जना जिल्ला बाहिरका बिभिन्न आईशोलसनमा रहेका छन् । यससँगै जिल्लाभर हालसम्म कोरोना संक्रमित हुनेको सङ्ख्या भने ३ हजार ४०३ पुगेको छ । 

जिल्ला भित्र अस्पताल आइसोलेसनमा १६ जना रहेका छन् भने संस्थागत आइसोलेसन अन्तरगत धुनिबेसिमा १, गल्छीमा ७, बेनिघाटमा ६, गजुरीमा ९, त्रिपुरासुन्दरीमा ३, रुबिभ्यालिमा २ जना रहेका छन्।  जिल्ला भित्र होम आइसोलेसनमा ८१३ जना रहेका छन्।  त्यसैगरी जिल्ला बाहिर अस्पताल आइसोलेसनमा १४ र होम आइसोलेसनमा ११९ रहेका छन्। 

पछिल्लो विवरण अनुसार संक्रमणका कारण नीलकण्ठ नगरपालिकाका ८६ बर्षीय महिला र धुनिबेसि नगरपालिकाका ६३ र ५१ बर्षीय पुरुषको मृत्यु भए संगै जिल्लाको मृत्यु संख्या ४० पुगेको छ । आज जिल्लाका ३६ संक्रमित संक्रमण मुक्त भएसँगै जिल्लाभर संक्रमण मूक्त हुनेको सङ्ख्या २ हजार ३७३ पुगेको छ ।

आज निलकण्ठमा १२६ र गजुरीमा २४ गरी  १५० जनाको स्वाब संकलन भएको छ । यससँगै जिल्लामा ७४२ जनाको नतिजा आउन बाँकी रहेको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्