पदिय जिम्मेवारी पुरा गर ! (सम्पादकीय)

धादिङ,२२ जेठ ।
स्थानीय तहको निर्वाचन सम्पन्न भएपछि पदबाहाली गरी कार्यालय काममा फर्केका स्थानीय तहका पदाधिकारी तथा सदस्यहरु निर्वाचनका बेला नागरिकका घर घरमा जसरी पुगेका एि त्यो पातलिएको छ, कार्यालय कामको शिलशिलामा कार्यालयमा व्यस्त रहेको उनीहरु आगामी कार्यक्रम कस्तो बनाउने भन्ने विषयमा छलफल तथा नयाँ नीति तथा कार्यक्रम निर्माण गर्ने अभियानमा जुटेको बुझिएको छ ।

जनताको मतद्धारा निर्वाचित भएका कारण उनीहरुलाई के कसरी नागरिकका मागहरु सम्बोधन गर्ने भन्ने विषय अहिले टड्कारो रुपमा उठिरहेको छ । अहिले दलबाट प्रतिनिधित्व गर्ने वा स्वतन्त्र रुपमा प्रतिनिधित्व गरी विजयी जो जो भएका छन् उनीहरु सबैका लागि नागरिकको आकांक्षा अनुसारको अभिमतको सम्मान गर्ने गरी कार्यक्रम बनाउन सक्नु चुनौतीको विषय हो ।

हुनतः यस अघिका निर्वाचनहरुबाट निर्वाचित भएका जनप्रतिनिधिहरुले पनि कामै नगरि बसेका भने कदापी होइनन् । राज्यको नेतृत्व गरेकाहरुले नागरिकका माग तथा आवश्यकता अनुसारको सबै कामहरु सम्पन्न गर्न नसकेका मात्रै हुन् । एउटै स्थानीय तहभित्रमा सबैभन्दा धेरै बजेट हालिएका वा सबैभन्दा धेरै विकास भएका ठाउँहरुकै नागरिकहरुमा पनि अब यसो गर्दिए हुन्थ्यो नि भन्ने जस्ता अपेक्षाहरु राखिएका हुन्छन् यो विकासोन्मुक मुलुकहरुका लागि सामान्य कुरा पनि हो ।

राज्यको नेतृत्व गर्नेहरुले जनताको अभिमत बुझ्नैका लागि अपेक्षा अनुसारको वजेट हाल्न सम्भव नहुन पनि सक्छ, नयाँ नयाँ कार्यक्रम निर्माण गर्दा त्यसको कार्यान्वयनमा कहिलेकाहीँ असहजता आउन पनि सक्छ त्यसलाई समेत ध्यानमा राखेर कार्यक्रम बनाउनु जरुरी छ ।

कार्यक्रम निर्माणको सन्दर्भमा हाम्रो विधि विधान र तरिकाहरु छन् तिनीहरुलाई फलोअप गर्न हालका जनप्रतिनिधिहरु कति तयार हुन्छन् र नागरिकको पहुँच कति हुन्छन् र नागरिकहरुले कति अपनत्व कायम गर्न सकछन् भन्नेमा पनि अहिलेका जनप्रतिनिधिहरुको व्यवहारमा भर पर्ने कुरा हो । कार्यक्रम निर्माण गर्दा जनताको आवश्यकताको प्राथमिकीकरण गरी पहिलो, दोस्रो र तेस्रो कामहरु के कस्ता र कुन तरिकाले गर्ने भन्ने कुराको सुझबुझ पूर्ण तरिकाबाट गर्नुपर्दछ ।

अहिले जनप्रतिनीधिहरु निर्वाचन जितेपछि मै हुँ भन्ने भावनामा अगाडी बढ्ने गरेका गुनासाहरु आएका छन् । जनप्रतिनिधिहरुले राम्रोसंग आफ्नो दायित्व बोध गरेभने यस्ता समस्याको समेत हल हुन सक्छ । म कुन पदमा निर्वाचित भएको छु ? मेरो दायित्व के हो र के के कुराहरुमा सजगता अपनाउने के के काममा नेतृत्व गर्ने जस्ता कुराहरुमा समेत उनीहरु स्पष्ट हुनुपर्दछ ।

मेयर, उप/मेयर, प्रमुख/उपप्रमुख देखी वडा अध्यक्ष, कार्यपालिकाका पदाधिकारीहरु र सदस्यहरु सम्मले आफ्नो दायित्व वा पदिय जिम्मेवारी बुझे भने मात्रै पनि आजसम्म देखिएको आम समस्याहरु हल हुन जानेछन् । त्यसका लागि उनीहरुले आफ्नो बानी÷व्यवहार तथा दैनिक रुपमा आउने आफ्ना जीवनशैलीलाई समेत जनतासंग मेल खाने गरी संचालन गर्न जरुरी छ ।

अहिलेका जनप्रतिनिधीहरुले त्यति मात्रै कुरा सुधार गरे भने वा आफ्नो पदिय दायित्वलाई बुझेर आगामी पाँच बर्षे कार्यभार सम्पन्न गरे भने उनीहरुले नै तयार गरेको आगामी नेतृत्वलाई समेत आगामी कार्यकालमा सजिलो हुनेछ । नेतृत्व तहमा रहेकाहरुले कानून बनाएर अरुलाई तह लगाउने कुरा भन्दा पनि आफू पनि त्यहि कानूनी दायरामा छु भन्ने अनुभूती गरुन् यसले नेतृत्व सहित आम नागरिकमा समेत सकारात्मक प्रभाव पर्न सक्छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्