धादिङ उद्योग वाणिज्य संघको सूचना !

धादिङ उद्योग वाणिज्य संघको २८ औं वार्षिक साधारण सभा तथा १० औं अधिवेशन यही २०७८ चैत्र १०–१२ गते सम्म धादिङवेसीमा हुने व्यहोरा जानकारी गराउँदछु ।

उक्त वार्षिक साधारण सभा तथा अधिवेशनमा उपस्थितिको लागि सम्पूर्ण सदस्यज्यूहरुलाई पत्राचार गरिसकिएको छ, यदि कुनै कारणवस पत्र प्राप्त नभएको भए यसै सूचनालाई आधारमानी अनिवार्य उपस्थितिको लागि हार्दिक अनुरोध गर्दछु ।

नोट : प्रा.लि., लि. साझेदारी फर्म, सहकारी संस्था, वस्तुगत संघहरुको प्रतिनिधी पत्र यही २०७८ चैत्र ७ भित्र संघको सचिवालयमा उपलब्ध गराईदिनहुन अनुरोध गर्दछु ।

साथै उक्त साधारण सभा तथा अधिवेशनमा भाग लिन परिचयपत्र अनिवार्य गरिएकोले २०७८ चैत्र ७ गते भित्र २ प्रति फोटो र रजिष्ट्रेशन शुल्क वापतको रु २०० सहित संघको सचिवालयमा सम्पर्क गर्न हुन समेत जानकारी गराउँदछु ।

थप जानकारीको लागि
धादिङ उद्योग वाणिज्य संघको सचिवालय
नीलकण्ठ न.पा. ३, धादिङ
सम्पर्क नं. : ०१०–५२०१२०

रुद्र वहादुर खत्री
अध्यक्ष
धादिङ उद्योग वाणिज्य संघ

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्