आँखा अप्रेशन गर्ने सम्बन्धी सूचना !

यही मिति २०७८ साल कार्तिक ११, १२, १३ र १४ गते मोतिबिन्दु छनौट एक दिने आँखा शिविरमा सेम्जोङ स्वास्थ्य चौकी, मार्पाक स्वास्थ्य चौकी, मंगलादेवी मा.वि. किम्ताङफेदी र भोग्टेनी स्वास्थ्य चौकी, सत्यदेवीमा सञ्चालीत आँखा शिविरहरुमा अपे्रशनका लागि छनौट गरिएका र यस केन्द्रमा आँखा जाँच गराई अप्रेशनको लागि नाम टिपाएका सम्पूर्ण विरामीहरुयही मिति २०७८ साल मंसिर १६ गते जिल्ला सामुदायिक आँखा केन्द्र, धादिङवेसीमा अप्रेसनका लागि बोलाईएकोमा तिलगंगा आँखा प्रतिष्ठान काठमाण्डौंबाट अप्रेशनका लागि खटि आउने प्राविधिक टोलीको कार्यब्यस्तताको कारण आँखा अप्रेसन गर्ने मिति २०७८ मंसिर १४ र १५ गते हुने भएको हुँदा आफ्नो समय मिलाएर मंसिर १४ र १५ गतेजिल्ला सामुदायिक आँखा केन्द्र, धादिङवेसीमा अप्रेशनको लागि आउनुहुन हार्दिक अनुरोध गरिन्छ ।

नोट:अप्रेशन गर्न आउने सबै विरामीहरुले आउने जाने र खाने बस्नेको बन्दोबस्त आफैले मिलाउनु पर्ने छ ।
विस्तृत जानकारीका लागि :०१०–५२०४१३ मा सम्पर्क गर्नुहुन अनुरोध छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्